कतार एयरवेजले यस वर्षको स्काइट्रेक्स वल्र्ड एयरलाइन अवार्ड्समा चार प्रतिष्ठित पुरस्कार हात पारेको छ।
कम्पनीका अनुसार जसमध्ये ‘विश्वको सर्वोत्कृष्ट एयरलाइन’ सर्वोच्च पुरस्कार रहेको छ। योसँगै कम्पनी उक्त पुरस्कारद्वारा ५ पटक (२०११, २०१२, २०१५, २०१७ र २०१९) सम्मान हुने पहिलो एयरलाइन बन्न सफल भएको छ ।
साथै कतार एयरवेजले तेश्रो पटक ‘मध्य–पूर्वको सर्वोत्कृष्ट एयरलाइन’ र लगातार चौथो वर्ष ‘सर्वोत्कृष्ट बिज्नेस क्लास’ उपाधि हात पार्न सफल भएको एयरवेजको भनाइ छ।