हेटौंडास्थित बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडमा धर्ना दिएका ४१ जना मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहान ८ बजेदेखि २ घण्टा धर्नामा बसेका मजदूरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पटक/पटक आन्दोलन गरे पनि कुनै निश्कर्ष निस्कन नसकेपछि मजदूर धर्नामा बसेका थिए।
बिना कुनै जानकारी कम्पनी बन्द गरेको भन्दै आफूहरूको रोजिरोटी खोसेको भन्दै आन्दोलनरत हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको गंगा सोपका मजदूरहरूले आज धर्ना दिएका हुन्।
उद्योग फेरि सञ्चालन गर्नुपर्ने र आफूहरूको रोजगारीको ग्यारेन्टी हुनुपर्ने उनीहरूको माग छ।