बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल (बिएफआइएन) र कोलम्बो प्लान स्टाफ कलेज(सिपिएससी)बीच सम्झौता भएको छ।
बिएफआइएन र सिपिएससीको संयुक्त आयोजनामा बैंक तथा वित्तीय संस्थाका संचालकहरुको लागि ५ दिने ‘एग्जुकेटिभ लिडरसिप डेभ्लप्मेन्ट प्रोग्राम’ फिलिपिन्सको मनिलामा आयोजना गरिएको थियो।
सम्झौतामा बिएफआइएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सिपिसिएसका महासचिव रामहरि लामिछानेले हस्ताक्षर गरे।
सम्झौता अनुसार बिभिन्न तालीम, गोष्ठी तथा सेमिनारहरुको आयोजना गर्ने, बैंक तथा बित्तीय संस्थाका कर्मचारीहरुको ज्ञान विकासका लागि मान्यता प्राप्त शिक्षण संस्थासंग आबद्ध भई ३ महिने, ६ महिने तथा १ बर्षे कार्यक्रमहरु संचालन गरिने छ।
साथै सिपिएससीले निर्धारण गरे अनुसारको योग्यता पुगेका अधिकृतहरुलाई इन्र्टनशिपमा पठाउन सकिने छ।
नेपालको बित्तीय क्षेत्रका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि गर्न सम्झौता गरिएको जनाइएको छ।