सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङ्गको सहकार्यमा आयोजना भएको ‘स्कील अप’ तालिम कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम सिप्रदिको विभिन्न च्यानल पार्टनरहरु (आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज, आकस्मिक मर्मत सेवाबाट सिफारिस गरिएका प्रशिक्षार्थीको लागि आयोजना गरिएको थियो।
यो ६ महिने कार्यक्रममा १५ जना प्रशिक्षार्थीहरुलाई टाटा गाडी सम्बन्धि तालिम दिएर विभिन्न टेक्नोलोजिको बारेमा परिचित गराइएको कम्पनीको भनाइ छ।
यस तालिममा डडेल्धुरा, रामेछाप, धादिङ, दोलखा, बारा, आदिका प्रशिक्षार्थीहरुले भागलिएका थिए।
यसमा प्रशिक्षार्थीहरुको छनौट लिखित परिक्षा र अन्तरवार्ताबाट भएको थियो भने सहभागी प्रशिक्षार्थीहहरुको न्यूनतम शैक्षिक योग्यता एसएलसी पास रहेको थियो ।
तालिममा शुरुका ४५ दिन प्रशिक्षार्थीहरुलाई सिप्रदीको तालिम केन्द्रमा टाटा गका विभिन्न टेक्नोलोजिको बारेमा सैद्धान्तिक र ब्यावहारिक कक्षा संचालन भए भने त्यसपछि सिप्रदीकै विभिन्न वर्कशपमा अन द जब तालिमको लागि पठाइएको हो।
तालिम सकेपछि प्रशिक्षार्थीहरुको लिखित र प्राक्टिकल परिक्षामा सम्पूर्ण प्रशिक्षार्ति पास भएर टाटाका बिभिन्न सर्विस सेन्टरमा कार्यरत छन्।