सरकारले हिमाली क्षेत्रका जिल्लाहरुलाई सडकमार्गबाट जोड्नका लागि योजना अघि सारेको छ। आगामी वर्षको बजेटमा हिमाली क्षेत्रका राजमार्ग आयोजना अघि बढाउन बजेट विनियोजन गरिएको छ।
मनाङदेखि जुम्लासम्म सडकमार्गबाट जोड्नका लागि आगामी वर्षका २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
वार्षिक विकास कार्यक्रम(भाग१)मा उल्लेख भएअनुसार उक्त आयोजना अघि बढाउन सरकारले बजेट विनियोजन गरेको हो। आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरी आगामी वर्षबाटै निर्माण शुरु गरिने लक्ष्य लिइएको छ।
३ सय किलोमिटर लामो हुने यो सडकमध्ये आगामी वर्ष २५ किलोमिटर ट्रयाक खोलिने योजना रहेको छ।