स्थानीय सरकारका पदाधिकारीहरुका लागि संघीय शुसासन सम्बन्धी ४ दिने तालिम कार्यक्रम आजदेखि काठमाडौंमा शुरु भएको छ।
कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन राजदूतावासद्वारा संयुक्तरूपमा आयोजना गरिएको हो। प्रदेश नम्वर ३ भित्रका स्थानीय सरकारका पदाधिकारीहरूका लागि यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको एक समारोहका बीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले संयुक्त रूपमा उद्घाटन गरे।
कार्यक्रमलाई संवोधन गर्दै मन्त्री पण्डितले जनता र स्थानीय सरकारबीच समन्वय, सहकार्यका यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।
मन्त्री पण्डितले विकासप्रति जनताका इच्छा आकांक्षा निकै धेरै भएका र तीनलाई पूरा गर्ने दायित्व स्थानीय सरकारको भएकाले जनतास“ग जोडिएर प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न पनि स्थानीय पदाधिकारीहरूलाई आग्रह गरे।
जति जनतासंग घुलमिल गरेर जान सकिन्छ त्यतिनै सुशासन कायम गर्न सकिने भएकाले आफ्ना हरेक योजना र निर्णयमा स्थानीय जनतालाई साथै लिएर जानुपर्ने उनको सुझाव छ।
मन्त्री पण्डितले निजी क्षेत्रस“गको सहकार्यमा पनि जोड दिए।महासंघका अध्यक्ष राणाले स्थानीय सरकारस“ग निजी क्षेत्र समन्वयात्मक ढंगबाट अगाडि बढ्न र सहकार्य गर्न तयार रहेको बताए।
विगतमा स्थानीय जनप्रतिनिधि समेत नरहेको अवस्थामा निजी क्षेत्रले आम नेपालीस“ग जोडिएर कार्य गरेको स्मरण गर्दै अध्यक्ष राणाले स्थानीय विकासमा सरकारलाई साथ दिन निजी क्षेत्र तयार रहेको धारण राखे।
नीतिगत सुधार, पूर्वाधार विकास, करमैत्री वातावरण र सुशासन आर्थिक विकासका प्रमुख आधार भएकाले स्थानीय सरकारले यसमा आफूलाई दृढ राख्नु पर्नेमा अध्यक्ष राणाको जोड थियो।
नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्थानीय सरकारको प्रभावकारी संचालनमा सहयोग पु¥याउने उद्देश्यले महासंघस“गको सहकार्यमा सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्ने बताए। यसको पहिलो शुरुवात प्रदेश नम्वर ३ बाट गरिएको जानकारी उनले बताए।
संघीय सुशासन सम्बन्धी यो तालिम कार्यक्रम स्थानीय सरकारका पदाधिकारीहरूका लागि दैनिक सरकार संचालनमा महत्वपूर्ण र सहयोगी हुने राजदूत बेरीको भनाइ छ।
प्रदेश नम्वर ३ का स्थानीय सरकारका करिव ५० जना पदाधिकारीहरूको सहभागिता रहेको उक्त तालिमको डिजाइन अमेरिकास्थित मेरिल्याण्ड विश्व विद्यालयले गरेको हो।
अमेरिकाको मेरील्याण्डका डेपुटी मेयर रोन (किरण) सिटौला, प्रेम दवाडी र राधा शर्मा आचार्यले कार्यक्रममा तालीम दिनेछन्। कर्यक्रममा महासंघको प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी, महासंघ सचिवालय र अमेरिकी राजदूतावासका वरिष्ठ कर्मचारीहरूको उपस्थिति थियो ।