चालु वर्षको पहिलो आठ महिनामा सरकारले बैदेशिक ऋण तथा अनुदान परिचालन अघिल्लो वर्षको तुलनामा आधा भन्दा न्यून गरेको छ।
साउनदेखि फागुनसम्मको तथ्यांकअनुसार सरकारले यो अवधिमा ५० अर्ब ८४ करोड रुपैयाँमात्र खर्च गर्न सकेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ३१ अर्ब ५५ करोड खर्च भएको थियो।
समग्र खर्चमा अघिल्लो वर्षको तुलनामा कमजोर रहेको यो सरकारले बैदेशिक साहयता परिचालन क्षमता आधाले गुमाएको छ।
वैदेशिक साहयता प्रतिबद्धता पनि घटको यो अवधिमा ठूला परियोजनाका लागि वैदेशिक स्रोत खोज्न सहज नहुने अनुमान गरिएको छ।