चालु आर्थिक वर्षभित्र २१ खर्ब लगानी हुने अथृमन्त्री डा युवराज खतिवडाले जानकारी गराएका छन्। यो वर्षको आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा प्रस्तुत गर्दै खतिवडाले अघिल्लो वर्षको तुलनामा लगानी उत्साहजनक बढेको बताएका छन्।
अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले लगानी बढेको र यसले गर्दा बचत र लगानीको अन्तर बढ्दै गएको उनले जानकारी दिए। देशमा आउने रेमिट्यान्सको बृद्धिदरका कारणले राष्ट्रिय बचत बढेको छ। कूल ग्राहस्थ उत्पादनको २० प्रशित बचत भएको उनले बताए।
खतिवडाले देशको अर्थतन्त्र उच्च बृद्धिदरको मार्गमा रहेको उनले बताए। बिजुली आपूर्तिमा आएको सुधार र स्थानीयस्तरमा तीब्र विकासले गर्दा यो वर्ष ७ प्रतिशतले आर्थिक बृद्धि हुने उनले जानकारी दिए।
लगानी र आर्थिक गतिविधि देशमा व्यापक हुँदा पुँजीगत समानको आयात बृद्धि हुँदा व्यापार घाटा बढेको र यसले गर्दा शोधानन्तर घाटासमेत बढाएको उनले जानकारी दिए।
आर्थिक तथा समाजिक पूर्वाधारमा देखिएका सूचकले आर्थिक अवस्था लयमा रहेको प्रष्ट हुने उनले जानकारी दिए।
‘राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति राम्रो देखिाएको छ, निरपेक्षा गरिबीको रेखामुनी रहेका नेपालीको संख्या कूल जनसंख्याको १८ प्रतिशतमा झरेका छ, ७८ जनसंख्याको ७८ प्रतिशत बिजुलीको पहुँचमा पुगेका छन् यसले गर्दा उच्च बृद्धिदरको आधार तयार भएको छ’ खतिवडाले भने।
पुँजीगत खर्चमा अपेक्षित बृद्धि हुननसको स्वीकार गरेका अर्थमन्त्रीले यो वर्षको फागुनसम्म सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब पुगेको जानकारी दिए।