काल्र्सवर्ग र लिभरपूल फुटबल क्लबले आफ्नो ऐतिहासिक साझेदारीलाई ५ वर्षको लागि विस्तार गर्ने भएको छ।
काल्र्सवर्गले २०२३–२४ को अन्त्यसम्मको सिजनको लागि आफ्नो आधिकारिक बियरको भूमिका सुरक्षित गरेको जानकारी दिएको छ।
काल्सवर्गका अनुसार यो नयाँ डिल प्रिमियर लिगको इतिहासमै सबैभन्दा लामो साझेदारी हो। यसको सुरुवात सन् १९९२ मा भएको थियो र काल्र्सवर्गले त्यति बेलादेखि नै यस टिमलाई प्रायोजन गर्दै आएको छ।
लिभरपूलको विश्वव्यापी साझेदार भएको नाताले काल्र्सवर्गले विश्वभरिका प्रशंसकको साथ विश्वव्यापी र स्थानीय एक्टीभेसन र इभेन्टहरुको माध्यमबाट यस साझेदारीको सम्बन्धलाई निरन्तर जिवन्ततादिंदै आइरहेको जनाइएको छ।