नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंले यातायात समितिहरुलाई ५ दिनभित्र कम्पनीमा दर्ता हुन ह्विप जारी गरेको छ।
महासंघले सूचना जारी गर्दै ५ दिन भित्र कम्पनीमा दर्ता भई महासंघमा जानकारी गराउन अनुरोध गरेको हो।
‘महासंघ र सरकारबीच भएको सहमतिअनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासघंका सदस्य संघ÷समितीहरुले कम्पनी दर्ता ऐन २०६३ को दफा ९ को उपदफा १ थप गरिएको १ (क) अनुसार कम्पनी दर्ता गर्न यस संस्थामा रहेका यातायात व्यवसायीलाई शेयर सदस्य बनाई उक्त बनाईएको शेयर सदस्यको विवरण यातायात व्यवस्था कार्यालयमा पेश गरी सिफारिस लिनुपर्नेछ’ सूचनामा भनिएको छ।
उक्त सिफारिस र अन्य कागजात सहित कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गराई महासघंमा जानकारी गराउन आग्रह गरिएको छ।