नेपाल एयरलाइन्सले क्याप्टेन बिजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ। पाइलट तथा हवाई क्षेत्रको नियमक नागरिक उड्डयन प्राधिकरणले प्रवक्ताको जिम्मेवारीमा रहुन्जेल पाइलट लामालाई जहाज उडाउन रोक लगाउनू भन्ने निर्देशनसहितको पत्र आएपछि प्रवक्ताको जिम्मेवारीबाट हटाइएको अध्यक्ष मदन खरेलले जानकारी दिए।
‘प्रवक्ताभन्दा पनि जहाज उडाने कुरा हाम्रा लागि ठूलो कुरा हो त्यसैले क्याप्टेन लामालाई प्रवक्ताबाट जिम्मेवारीबाट हामीले मुक्त गरेका छौंं’ खरेलले सेतोपाटीसँग भने।
नागरिक उड्डयन प्राधिकरणले शर्तसहितको पत्र पठाएको र अब उक्त शर्त पुरा भएपछि लामाको निलम्बन फुकुवा हुने खरेललको भनाई छ।
‘शर्तसहितको पत्र थियो प्रवक्ताबाट नहटेसम्म उडान नदिनु भन्ने थियो हामीले उक्त जिम्मेवारीबाट मुक्त गरिसकेका छौं, अब उहाँलाई उड्न रोक हुँदैन’ खरेलले भने।
![](/uploads/shares/2019/59347666_10216758551069174_1688935063825154048_o.jpg)