यस आर्थिक वर्ष नेपालको वार्षिक प्रतिब्यक्ति आय ३ हजार ३ सय ६० रुपैयाँ (३० डलर)ले बढेको छ।
एक डलर बराबर १ सय १२ रुपैयाँको बिनिमयदर मान्दा सो बृद्धि देखिएको हो। अघिल्लो वर्ष एक लाख १२ हजार ४ सय ४८ रुपैयाँ (१ हजार ४ डलर) रहेको प्रतिब्यक्ति आय यस वर्ष १ लाख १५ हजार ८ सय ८ रुपैयाँ (१ हजार ३४ डलर) पुग्ने केन्द्रीय तथ्यांक बिभागको प्रक्षेपण छ।