विश्व बैंकले नेपालमा बैकल्पिक उर्जा प्रबद्र्धनका लागि ८४ करोड रुपैयाँ साहयता गर्ने भएको छ। उक्त साहयता सम्बन्धमा नेपाल सरकार र बैंकबीच आज सम्झौता भएको छ।
छनौट भएका क्षेत्रमा उक्त कार्यक्रम लागू गर्ने सम्बन्धि सहकार्य गर्ने सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपालका लागि कायममुकायम म्यानेजर विज्ञान प्रधानले हस्ताक्षर गरेका छन्।
विश्व बैंकले उपलब्ध गराउने यो साहयता रकम आगमी चार वर्षको अवधिमा खर्च गसिक्नुपर्ने छ। निजी क्षेत्रले सञ्चालन गरिरहेका मिनी ग्रिड परियोजनामा खर्च हुने यसमा विश्व बैंक, नेपाल सरकार र निजी क्षेत्रले लगानी गर्ने छन्।
सम्झौतापछि जारी विज्ञप्तीमा विश्व बैंकले ७६ लाख डलर( क्लाइमेट फन्डबाट ५६ लाख डलर अनुदान र २० लाख डलर सहुलियत ऋण) लगानी गर्ने जनाइएको छ। यसमा नेपाल सरकारले ६० लाख डलर बराबरको लगानी गर्ने छ भने बाँकी निजी क्षेत्रबाट लगानी हुने बताइएको छ।
यो आयोजनाबाट २५ मिनग्रिड उपआयोजना निर्माण हुने त्यसबाट ३.८ मेगावाट बिजुली भण्डारण क्षमता हुने छ।