बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ६ फर्मले आवेदन दिएका छन्।
लगानी सम्मेलनमा प्रस्तुत गरिएको उक्त आयोजना बनाउन ६ वटा आवेदन परेको लगानी बोर्डले जानकारी दिएको छ।
निजगढ विमानस्थल बुट मोडलमा बनाउने भन्दै बोर्डले प्रस्तुत गरेको थियो।
विस्तृत सम्भाव्यता अध्ययन भइसकेको आयोजनाको कूल लागत ३ खर्ब अनुमान गरिएको छ। यद्यपी यो एयरपोर्ट सिटीसहितको भए पनि विमानस्थलका लागिमात्र कूल लागत २ खर्ब लाग्ने अनुमान गरिएको छ।
आवेदन दिने समय अझै १ महिना थप गरिएको बताइएको छ।
आवेदन दिए पनि विस्तृत विवरण समावेश गर्न नसक्ने भएकाले थप गरिएको लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीले जानकारी दिए।
निजगढको निर्माण मोडालिटीकै पनि धेरै छलफल गर्नुपर्ने भएकोले निर्माणकर्ता छनोट गर्न समय लाग्ने उनको भनाइ छ।