जापान सरकारको सहयोगमा निर्माण हुने नागढुंगा नौबिसे सुरुङ मार्ग बनाउन आवस्यक पर्ने जग्गा अधिग्रहणका चालु आर्थिक वर्षका लागि थप १ अर्ब ८१ करोड रुपैयाँ बजेट दिएको छ।
रकमान्तरमार्फत् सरकारले उक्त अयोजनाका लागि जग्गा अधिग्रहरण गर्ने प्रायोजनका लागि उक्त रकमको व्यवस्था गरेको हो।
२२ अर्बको लागत अनुमान रहेको उक्त सुरुङमार्गमा जापान सरकारले १६ अर्ब ऋण साहयता दिने छ। उक्त अण सम्झौतामा २०७३ सालमै सम्भmौता भएको थियो। तर निर्माण कम्पनी छनौट तथा जग्गा अधिग्रहण नहुँदा काम अघि बढ्न सकेको छैन।
कूल ३ सय ७७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने उक्त आयोजनाका लागि ३ अर्ब ५० करोड खर्च हुने सरकारको अनुमान रहेको छ। अधिग्रहण गर्नुपर्ने जग्गामा १ सय ९ रोपनी धादिङमा पर्छ।
यही वर्षबाट निर्माण शुरु गरेर साढे ३ वर्षमा काम सक्ने लक्ष्य लिइएको छ। ठेक्का सम्झौता भएको ३ वर्षभित्र काम सम्पन्न हुने अधिकारीहरुले बताउँदै आएका छन्।
राजधानीबाट बाहिरिँदा वा भित्रिँदा ३ घण्टाभन्दा बढी समय जाममा बस्नुपर्ने बाध्यता रहेको छ। २ दशमलब ६ किलोमिटरको यो मार्ग निर्माणपछि यहाँ जाम त के २० मिनेटमै क्रस गर्नसकिने अधिकारीहरुले बताएका छन्।
जम्मा ६० किलोमिटरको यो बाटोमा २.६ किलोमिटर लम्बाइ रहने सुरुङ निर्माण भइसकेपछि हालकोभन्दा ८ किलोमिटर बाटोको दुरी पनि कम हुने प्रारम्भिक अध्ययनको निष्कर्ष रहेको छ।
२ वटा पुल, २ वटा कल्भर्ट निर्माण हुने यो बाटोमा दुबैतिर १ मिटरको फुटपाथ निर्माण हुने छ। सडकको चौडाइ भने १२ मिटरको हुने छ।