कतार एयरवेजले खाद्य सुरक्षाको लागिक्यूएडिसीओसँग सहकार्य गरेको छ।
एयरवेजले कतार एयवेज केटरिङ कम्पनी (क्यूएसीसी)लाई एयरलाइनको दोहा देखि अन्तर्राष्ट्रिय उडान एवं दोहा हमाद अन्तर्राष्ट्रिय विमानस्थलका लाउन्जहरुका निम्ति ताजा खाद्य सामाग्री उपलब्ध गराउन कतार एग्रिकल्चरल डेभेलप्मेन्ट (क्यूएडीसीओ)सँग सहकार्य गरेको हो।
एयरलाइन र क्यूएडीसीओबीच दुई वर्षका लागि सम्झौता भएको हो।
सम्झौता अनुसनर एयरवेज केटरिङ कम्पनीले एयरवेजको दोहादेखि प्रस्थान हुने उडानहरुको सम्पूर्ण क्याबिन क्लासहरु तथा अल मौर्जन बिज्नेस एवं अल सफ्वा फस्र्ट क्लास लाउन्जहरुमा प्रदान गरिने भोजनका लागि काँक्रो, बन्दा, लौका, गाँजर, गोलभेडा, प्याज लगायतका ताजा फलफूल तथा तरकारी खरिद गर्नेछ।