राइड सेयरिङ कम्पनी पठाओले ‘एसओएस’ भक्तपुरका बालबालिकासँग होली मनाएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व बहन गर्दै एसओएसका १ सय २५ जाना बालबालिकासगँ होली मनाएको कम्पनीका रिजनल डाइरेक्टर अशिममान सिंह बस्न्यातले जानकारी दिए।
‘पठाओको पहिलो होली बालबालिकासँग मनाऔँ भनेर यो कार्यक्रम आयोजना गरेका हौँ,’ उनले भने।
कम्पनीले बालबालीकाहरुलाई होलीको टिसर्ट, रङ्, खानेकुरा आदी उपलब्ध गराएको थियो। पठाओले भविश्यमा पनि यस्त विभिन्न प्रकारका कार्यक्रमलाई समय समयमा निरन्तरता दिने बस्न्यातले जानकारी दिए।