पाकिस्तानले लाहोरबाट भारतको दिल्ली जाने सम्झौता एक्सप्रेस रेल सेवालाई रोकेको छ।
पाकिस्तानले अर्को सूचना नभएसम्मका लागि सम्झौता एक्सप्रेसको सेवा निलम्बित भएको सूचना सार्वजनिक गरेको हो।
सम्झौता एक्सप्रेस हप्तामा दुई पटक सञ्चालनमा आउने गरेको छ।
दुई देशबीचको यो एकमात्र रेल सञ्चालनमा थियो। १९७६ मा दुई देशले रेल्वे सेवा सञ्चालनको सम्झौता गरेका थिए। सुरूआतमा दैनिक ४२ किलोमिटर चल्ने गरेको रेल्वेपछि हप्तामा दुई पटक ३ किलोमिटरमा सीमित हुन पुगेको थियो।
रेल वगहा बोर्डर पार गर्ने गरेको थियो। विगतमा पनि यो रेल सेवा अवरूद्ध हुँदै सञ्चालनमा आएको थियो।
सन् २००१ मा भारतीय संसदमा भएको आक्रमणपछि पनि केहीसमय रेल सेवा निलम्बनमा परेको थियो। त्यस्तै बेनिजिर भुट्टोको हत्यापछि पनि सन् २००७ मा सेवा केही समय अवरुद्ध भएको थियो।