टाटा ट्रस्ट र सिप्रदीयन सहायता संस्थाको सहयोगमा बिद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको छ।
सिन्धुपाल्चोक स्थित शारदा उच्च माध्यमिक विद्यालयको पुर्र्निर्नमाण सम्पन्न भएको हो।पुननिर्मित भवनको उद्घाटन भारतीय राजदूत मञ्जीवसिंह पूरीले गरे।
भवन अत्याधुनिक भूकम्प प्रतिरोधक प्रविधिद्वारा निर्माण गरिएको र अपांगमैत्री रहेको बताइएको छ।
विद्यालयका प्रधानाध्यापक तोयनाथ नेपालले टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थालाई विद्यालय पुनर्निर्माणमा प्राप्त सहायताको लागि धन्यवाद दिए।
विद्यालका १२ कोठा अपाङ्गमैत्री, सुविधायुक्त शौचालय, कम्प्युटर प्रयोगशाला तथा अन्य सुविधाहरु उपलब्ध रहेको जनाइएको छ।
यी संस्थाको सहयोगमा निमार्ण हुँदैगरेका जल्पादेवी, कुपकन्या, मार्मिङ, तपिनारायण,जनज्योति बिद्यालय र पुल्पिङकट्टि स्वास्थ्यचौकिको पुनर्निर्माण अन्तिम चरणमा पुगेको कम्पनीको भनाइ छ।