गोयन्का ग्रुप अन्तर्गतको गोयन्का इलेक्ट्रोनिक्सले चौथो बर्षमा प्रवेश गरेको छ।
यो घरायसी इलेक्ट्रोनिक्स सामाग्री उत्पादनक कम्पनी हो।गोयन्का इलेक्ट्रोनिक्सले सूर्य ब्रान्ड इण्डियासँगको सहकार्यमा सूर्य ब्रान्डका आइरन,मीक्स्चर ग्रान्डर, पंखा, ग्यास चुला, हिटर, इलेक्ट्रिक गिजर र सेलो ब्रान्ड इण्डियाको सहकार्यमा सेलो एयर कुलर, लेक्स ब्रान्डको एयर कन्डिसन बजारमा ल्याउँदै आएको छ।
आउने आर्थिक बर्षमा शतप्रतिशत बजार वृद्धि गरि १ सय करोड बराबरको व्यापार गर्ने कम्पनीको योजना छ।
हाल यसका २ सय डिलर छन।गोयन्का इलेक्ट्रोनिक्सले अबको पाँच वर्षमा नेपालको कुल इलेक्ट्रोनिक्स बजारको १५५ बढी हिस्सा ओगट्ने दाबी गरेकिो छ।