नोबेलको धनकुटामा सञ्चालित स्वास्थ्य शिविरबाट ७ सय विरामीको उपचार भएको छ।
नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा केयर वुमन नेपालले शिविर आयोजना गरेको हो ।केयर उमन नेपालकी अध्यक्ष ईन्दिरा थापाका अनुसार शिबिरमा महिलाको आङ खस्ने समस्या, छाला, दम, आँखा र हाडजोर्नीका विरामी बढी थिए। सामान्य किसिमको शल्यक्रियासमेत गरियो।
शिविरमा १ सय १५ जनाको भिडियो एक्सरे, १ सय ३३ जनाको ईसीजी र १ सय ७५ जनाको ल्याावटेष्ट गरिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए ।
शल्यक्रिया गर्नुपर्ने अवस्थाका आङ खसेका १७ महिला, गाठागुठी पलाएका १५ जना र मोतियाविन्दुका ७ जना विरामीलाई नोबेलमा ल्याएर शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।नोबेल शिक्षण अस्पतालले स्थानीय संघसस्थासँग सहकार्य गरेर पूर्वी नेपालका गाउँ–गाउँमा स्वास्थ्य शिविर गर्दै आएको छ।