सरकारले कर्मचारी संचय कोषको बोर्ड अध्यक्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शिशिरकुमार ढुंगानालाई नियुक्त गरेको छ। यसअघि अर्थमन्त्रालयको राजस्व सचिव हुँदा अध्यक्ष रहेका ढुंगाना मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएपछि अध्यक्षमा निरन्तरता दिइएको छ।
सामन्यतया अर्थमन्त्रालयका सचिवलाई अध्यष बनाउने परम्परा रहेको थियो। सोहीअनुसार अर्थबाट बाहिरिएपछि बोर्ड अध्यक्ष खाली रहेको थियो।