‘महिन्द्रा ट्रेकफेस्ट २०१८’ अन्तर्राष्ट्रिय प्राविधिक प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा बालाजू अटोवर्कले ३ वटा अवार्ड प्राप्त गरेको छ। ३ छुट्टा छुट्टै समूह अन्तर्गतका ९ वटा अवार्ड मध्ये बालाजू अटोवर्कले ३ वटा अवर्ड प्राप्त गरेको आयोजकले जनाएको छ।
कम्पनीका अनुसार डाइग्नोस्टिक विशेषज्ञ अवर्ड बालाजू अटोवर्कका विनोद श्रेष्ठले , प्राविधिक– व्यक्तिगत अवार्ड तिर्थ श्रेष्ठले र सर्भिस एडभाइजर अवर्ड सुभाष बुढाथोकीले प्राप्त गरेका हुन्।