सिटीसी मल सुन्धारामा रहेको सिटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला क्रिसमससम्म चल्ने भएको छ।
मेलामा ग्याजेट पारखीहरुको उल्लेखीय सहभागिता बढेपछि मेला अवधि पुस १० गते क्रिसमससम्म थप गरिएको आयोजकले जनाएको छ ।उक्त मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफूलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने छन्।
आयोजकका अनुसार मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा अफर मेलाको आकर्षण हो। ९ हजार ९ सय ९९ रुपैंयाँदेखि २ लाख ३४ हजार रुपैंयाँ सम्मका मोबाइल किन्न सकिने हबमा ११ हजार रुपैंयाँ देखि ३ लाख १५ हजार रुपैंयाँ सम्मका ल्यापटप, आइप्याड, म्याक बुक लगायतका सामान किन्न सकिन्छ ।
‘मेलामा पुरानो मोबाईलको पनि उचित मूल्य पाउनुका साथै सट्टा पट्टा पनि गर्न सकिन्छ,’ सिटीसी मोबाईल हबका प्रबन्धक जीबन श्रेष्ठले भने, ‘मेलामा विश्व बजारमा पाईने सबै ब्राण्डका मोबाईल, ल्यापटप ,क्यामेरा, र म्याक किस्ताबन्दीमा किन्न सकिन्छ ।’
सामसङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वान प्लस ,नोकिया ,कलर्स, एम आई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एम आई, डेल र एप्पलका ल्यापटप, म्याकबुक आईप्यड मोबाइल हबको आकर्षण रहेको कम्पनीको भनाइ छ।