अल्फा बिटा इन्टर कलेज हाजिरीजवाफ प्रतियोगितामा जेभियर इन्टरनेस्नल कलेज बिजयी भएको छ।
अल्फा बिटाले आयोजना गरेको दुई दिने सो प्रतियोगितामा १६ कलेज सहभागी भएकोमा जेभियर इन्टरनेसनल विजेता हुन सफल भएको हो। सो प्रतियोगितामा गोल्डेन गेट इन्टरनेसनल कलेज उपविजेता हुन सफल भएको छ ।
बिजेता जेभिएर इन्टरनेश्नल कलेजलाई ५० हजार रुपँैया नगदका साथै ट्रफि तथा मेडलबाट पुरस्कृत गरिएको छ। त्यसैगरी उपबिजेता गोल्डेन गेट इन्टरनेश्नल कलेजले पच्चिस हजार नगदका साथै ट्रफि तथा मेडलबाट पुरस्कृत भएको छ। बिजेता र उपबिजेतालाई अल्फा बिटाका प्रबन्ध निर्देशक मञ्जु शर्माले पुरस्कार प्रदान गरेको हो। पुरस्कार बितरण गर्दै प्रबन्ध निर्देशक शर्माले यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा स्वच्छ प्रतिस्पर्धाको भावना विकाश गर्ने बताए।
बुधवार र बिहिबार सञ्चालन भएको सो प्रतियोगितामा काठमाडौं, भक्तपुर र ललितपुरका कलेजका विद्यार्थी सहभागि भएका थिए । सो कार्यक्रम क्विज मास्टर जिपी तिमल्सीनाले सञ्चालन गरे।
अल्फा बिटाले विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि गुणस्तरीय परामर्श दिनुका साथै आइइएलटिएस, टोफल पिटिइ–ए का तयारी कक्षा सञ्चालन गर्दै आएको छ। सो संस्थाले अष्ट्रेलिया, युएसए, यूके, इंडियालगाएका देशहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ ।