अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाल सरकारलाई उच्च बृद्धिको लक्ष्य प्राप्तिमा नलाग्न सुझाव दिएको छ। आर्टिकल फोरका लागि नेपाल आएको कोषको टोलीले चालु वर्ष नेपालको आर्थिक बृद्धिदर छ ६.छ प्रतिशत कायम हुने प्रक्षेपन गरेको छ।
८ प्रतिशतको उच्च बृद्धिदर पछ्याएको सरकारलाई कोषको टोलीले तत्काल ठुलो बृद्धिदर धान्नसक्ने आर्थिक मेरुदण्ड तयार नभएको र यततर्फ एकहोरो लाग्दा जोखिम निम्तिन सक्ने चेतावनी दिएको छ।
विद्युत आपूर्तिमा भएको सुुधार तथा राजनीतिक स्थिरतका कारण पछिल्लो समय निरन्तर उच्च बृद्धि भइरहेको अर्थतन्त्र एकैपटक ठुलो बृद्धिको अंक छुन खोज्दा त्यसको प्ररारम्भिक असर चालु खातामा देखिएको उसले ठहर छ।
११ दिन नेपालमा बसेर विभिन्न सुचकको अध्ययन गरेको कोषको टोलीले ठुलो बृद्धिदरका लागि धेरै पुँजी परिचालन गर्नुपर्ने र जसले गर्दा अन्ततः शोधानन्तर र चालु खातामै हिट गर्ने ठहर गरेको छ।
यस्तो अवस्थामा नेपालको अर्थतन्त्र प्रतिस्पर्धी बनाएर धेरेभन्दा धेरै रोजगारी सिर्जना गर्ने सरकारी लक्ष्यमा ब्रके लाग्नसक्ने उक्त टोलीले चेतावनी दिएको छ।