शिवम् सिमेन्ट र मह सञ्चारबीच सम्झौता भएको छ।
सम्झौता अनुसार सिमेन्टले मह सञ्चार समूहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र “दाल भात तरकारी”का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने छ।
कार्यक्रममा शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भाइस प्रिसिडेन्ट सजन देवकोटाको उपस्थिति रहेको थियो भने मह सञ्चारका हरिबंश आर्चाय, मदनकृष्ण श्रेष्ठ, किरण केशी, सुदन के.सी, मोहित बंश आचार्य लगाएत अन्य कलाकारहरुको उपस्थिति थियो।
चलचित्र आगामी बैशाखमा रिलिज हनेछ। फिल्ममा मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, निरुता सिंह, प्रियांका कार्की, बर्षा रावत, आँचल शर्मा, विल्सन बिक्रिम राई, रविन तामाङ, शिसिर वाङदेल लगायतका कलाकार रहेको जनाइएको छ।
चलचित्रको निर्देशन शुदन केसीले गरेका छन् ।शिवम् सिमेन्टले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गतेमा समेत सहकार्य गरेको थियो। सिमेन्टले शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन आदि क्षेत्रमा कार्यक्रम गर्दै आएको छ।