आर्थिक वर्ष शुरु भएको पाँच महिना पुरा हुन लाग्दा राजस्व संकलनको तुलनामा खर्च कमजोर देखिएको छ। नयाँ ठुला आयोजना नभएको र नीतिगत स्थिरता, छिटै मनसुन सकिएकाले उत्साहजनक खर्च हुने विश्वासमा रहेको अर्थमन्त्रयलाई खर्चको आँकडाले झस्काइदिएको छ।
मंसिर २६ गतेसम्म लक्षित राजस्वको ३६ प्रतिशत उठाउन सफल भएको सरकारले खर्च भने जम्मा २२ प्रतिशतमात्र गर्न सकेको छ। चालु वर्षका लागि ९ खर्ब ४५ अर्ब राजस्व उठाउने सरकारले लक्ष्य लिएको छ भने १३ खर्ब १५ अर्ब खर्च गर्ने लक्ष्य लिएको छ।
मंसिर २६ गतेको तथ्यांकअनुसार यो बीचमा २ खर्ब ९६ अर्बमात्र खर्च भएको छ। जसमा चालु तर्फको खर्च २ खर्ब ४२ अर्ब रहेको छ। वित्तीय र पुँजीगत खर्चको अवस्था नाजुक रहेको छ। यो बीचमा सरकारले जम्मा ५४ अर्बमात्र यी दुई शिर्षकबाट खर्च गरेको छ।
यो बीचमा संघीय सरकार ४७ अर्ब बजेट बचतमा गएको छ। केन्द्रिय सरकारले उठाएको राजस्व खर्च हुन नसकेर कोषमा थन्किएर रहेको छ।
नयाँ भावनाअनुसार बजेट ल्याइएकाे भए पनि खर्चगर्ने संयन्त्र पुरानै पाराले चलेकाे अर्थमन्त्रालयका अधिकारीहरुकाे गुनासाे रहेकाे छ।