यसअघि भन्सारमा मात्र सिमितजस्तो देखिने राजस्व अनुसन्धान विभागले पछिल्लो समय अन्य कर छलीका घटनामा पनि अनुसन्धान विस्तार गर्दै लिने बताएको छ। कर छली हुने क्षेत्र र व्यक्ती सबैलाई गहिलो अनुसन्धान गरिरहेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।
यसअघि भैरहवामा लामो समयदेखि आयकर छली गरेको आरोपमा मुद्दा दायर गरिसकेको विभागले अहिले आयकर छली गरेको आशंकामा वैदेशिक रोजगारी व्यवसायीमाथि छानविन गरिरहेको जानकारी दिएको छ।
आयकर छली हुने सम्भावना सबैतिर उत्तिकै भएको र सबैतिर सुक्ष्म अध्ययन गरिहको मैनालीले जानकारी दिए।
विभागले पछिल्लो समय काठमाडौंको प्रतिष्ठित म्यानपावर कम्पनीका संचालकमाथि आयकर छलीको अभियोगमा १९ करोड धरौटी लिएर छानविन गरिरहेको बताएको छ। छानविनपछि प्राप्त प्रमाणका अधारमा अदालतमा मुद्दा दायर हुने विभागले जानकारी दिए।
विभागले कर छलीकाे विगाे र जरिवाना जाेडेर धराैटी लिने गरेकाे छ।
अरु कम्पनी र व्यक्तिमाथि पनि आयकर छलीको आशंकामा अध्ययन गरिरहेको विभागको भनाइ रहेको छ।