कमलपोखरीमा राहेको इस्लिङटन कलेजका २ सय ९१ विद्यार्थी दीक्षित भएका छन्।
कलेज लन्डन मेट्रोपोलिटन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित भएको छ।काठमाडौंमा आयोजित समारोहमा विश्वविद्यालयका प्रो भाइस चान्सलर पोफेसर डोमेनिक पामर ब्राउनले दीक्षित विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरे।
दिक्षान्त समारोहमा बोल्दै प्रो भाइसचान्सलर ब्राउनले विदेशी विश्वविद्यालयको कोर्ष अध्ययन गराएको इस्लिङटन कलेजले गरेको शैक्षिक प्रगतिको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रममा बोल्दै आइएनजी ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिन सफल विद्यार्थीले सोही स्तरको प्रगति हासिल गरेको बताए। कलेजले आगामी दिनमा थप नयाँ योजना अघि बढाउने जानकारी गराउँदै भने–हामी विश्वस्तरको शिक्षा दिन सफल भैसकेका छौ, अब रोजगार सहितको शिक्षा दिनेछौँ।
अध्यक्ष बुढोथोकीले त्यसको लागि इनोभेट नेपाल कम्पनी(आइएन) नेपाल स्थापना गरेको घोषणा गरे। उनले सो संस्थाबाट सूचना प्रविधिमा आधारित अनलाईन शिक्षाको शुरुवात गर्न लागेको बताए।
दिक्षान्त समारोहमा दिक्षीत विद्यार्थीको उज्वल भविश्यको शुभकामना दिदँै अध्यक्ष बुढाथोकीले अब कलेज थप नया टेक्नोलोजीमा प्रवेश गरेको जानकारी दिए।
समारोहमा १ सय २३ जना बिएस्सी अनर्स कप्युटिङ, ७१ जना बिएस्सी अनर्स कप्युटर नेटवर्किङ एन्ड आइटी सेक्युरिटी,४६ जना मल्टिीमिडिया टेक्नोलोजी र ५१ जना बिबिएका विद्यार्थी रहेका छन् ।
कलेजमा अध्यन गरेका मध्ये करिब ४ हजार बढी स्नातक गरेका विद्यार्थीले नाम चलेका सरकारी र गैर सरकारी निकाय, बंैक, वित्तिय क्षेत्रका सूचना प्रविधि लगायतका क्षेत्रमा काम गरिसकेका छन् । कलेजको दिक्षान्त समारोहमा शिक्षा क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो।