ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले त्यहाँका वाणिज्य तथा उद्योगमन्त्री अलिविन मसौद सुनैडीसँग भेटवार्ता गरेकी छन्।
भेटवार्ताका क्रममा उनले नेपालको जलविद्युत तथा कृषि क्षेत्रमा लगानीका लागि आग्रह गरिन्। सो अवसरमा मन्त्री सुनैडीले ओमानको ‘स्टेट जनरल रिजर्भ’ मार्फत नेपालको जलविद्युत तथा कृषि क्षेत्रमा लगानी लैजाने प्रतिबद्धता जनाए। त्यस्तै उनले नेपालको कृषि उत्पादनलाई ओमानको बजारमा विशेष प्राथमिकता दिइने बताए।
दुई देशबीचको व्यापार, वाणिज्य तथा लगानी प्रवद्र्धनका सम्वन्धमा आवश्यक रणनीति बनाउने सम्वन्धमा उनीहरुबीच छलफल भएको थियो।