नेपाल अन्तर्राष्ट्रिय शिक्षा प्रवद्धक प्रतिनिधि समूह (आइरिन)ले बानेश्वरको सिद्धेश्वर माविमा पुस्तकालय निमार्ण गरेको हो।
आइरिनले आफ्नो स्थापनाको ५ औँ वर्ष पुगेको अवसरमा निमार्ण गरेको पुस्तकालको उद्घाटन नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गरेका हुन्।
अहिलेका बालबालिकालाई अध्ययन गर्ने वातावरण शिर्जना गर्नु निकै महत्वपुर्ण रहेकोले आइरिनको यो सहयोग समुन्नत समाज निमार्णको परिकल्पना हुने नेता सिंहले बताए।
कार्यक्रममा आइरिनका निर्वतमान अध्यक्ष प्रेम पाण्डेले बालबालिकालाई अध्ययन गर्ने वातावरण बनाउन वर्षेनि यस्ता सहयोग गर्ने प्रतिवद्धता जनाए।