प्रयोग भईसकेका प्लास्टिकका झोलाबाट मृत सागरको आकृति बनाई विश्व किर्तिमानको तयारी भएको छ।
कृतिमानको तयारी स्टेम फाउन्डेशन नेपाल र वाताबरण विभागको संयुक्त आयोजनामा गरिएको जनाइएको छ।विश्व वन्यजन्तु कोषको प्राविधि तर्फको र जगदम्बा स्ट्ल्सिले आकृति निर्माण गरि सहयोग गरेको आयोजकले जनाएको छ।
कार्यक्रममा विभिन्न संघ संस्था तथा विद्यालयका प्रतिनिधिहरुको उपस्थितीमा थियो। कार्यक्रममा ८७ हजार २३२ थान प्लास्टिकको झोला आकृतिमा बाँधिएको हो।
वातावरणमा प्लास्टिकले पारेको असरलाई सांकेतिक रुपमा सिंगापुरले ६८ हजार प्लास्टिकले अक्टोपसको आकृति निर्माण गरिएको रेकर्ड प्राप्त भएको छ।