के एल दुगड समूहले ज्ञान कोदोको पिठो बजारमा ल्याएको छ।
पिठो १ केजी प्याकमा उपलब्ध छ। पिठो स्वच्छ र गुणस्तरयुक्त भएको कम्पनिको दाबी छ ।ज्ञान ब्राण्ड कोदोको पिठो देशका विभिन्न डिपार्टमेन्टल स्टोर तथा रिटेल पसलहरुमा पाउन सकिने कम्पनीको भनाइ छ। के एल दुगड समूहले ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थ मैदा, आटा, दाल तथा बासमती चामल उत्पादन गर्दै आएको छ।