कतार एयरवेजले हालै सञ्चालनमा आएको अन्टलया, बोड्रुम, म्याकोओनोस र मालागा सम्मको उडान सेवा पुनः सुचारु गर्ने घोषणा गरेको छ ।
थप उडान र विमानसँगै मे २०१९ देखि सेवा सुचारु गर्ने कम्पनीले जनाएको छ।एयरलाइनले मे २०१९ देखि अन्टलया, बोड्रुम तथा माइकोनोससम्मको मार्गमा एक साप्ताहिक उडान थप गर्ने छ।
अन्टलयासम्मको मार्गमा आफ्m्नो ब्घद्दण् विमानलाई अपग्रेड गर्दै ब्घघण् विमान र मालागा सम्मको उडानका लागि बोइङ ठडठ ड्रिमलाइनरको स्थानमा बोइङ ठठठ विमान ल्याएको हो।
चार महिना अघि यही वर्षको जुनमा सञ्चालनमा आएदेखि टर्कीको बोड्रुम, माइकोनोस ग्रीस र मालागा स्पेन जस्ता पर्यटकीय स्थलसम्मको चार ओटै उडान मार्ग हालसम्म प्रभावशाली देखिएका छन्।
यी पर्यटकीय स्थल सम्मको नन–स्टप सेवाको मागलाई ध्यानमा राख्दै अन्टलया, बोड्रुम र म्याकोओनोस सम्मको यस सेवालाई पुनः सुचारु मात्र नगरी एक साप्ताहिक थप गरेको कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अक्बरअल बकरलले बताए।
उनका अनुसार यात्रुहरुलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्न अन्टलयासम्मको मार्गमा ब्घघण् विमान र मालागा सम्मको उडानका लागि बोइङ ठठठ विमान ल्याइएको हो।