नयाँ प्रविधि सम्वन्धी प्रदर्शनी ‘सिआइआई कन्म्याक २०१८’ आयोजना हुने भएको छ।
प्रदर्शनी नेपालस्थित भारतीय राजदूतावाससंगको सहकार्यमा आयोजना हुने आयोजकले जनाएको छ।भारतीय उद्योग परिसंघ (सीआईआई), आयोजनाको लागि जुटेको हो।
प्रदर्शनी भक्तपुरको सल्लाघारी स्थित ओपन ग्राउन्डमा २२ देखि २४ नोभेम्वर सम्म हुनेछ ।तीन दिने प्रदर्शनीमा १ सय ५० भन्दा बढी प्रदर्शकले २ लाख ५० हजार वर्गफिट क्षेत्रफलको आयोजनास्थलमा आफ्ना उपकरण तथा प्रविधि प्रदर्शन गर्नेछन् । ्
प्रदर्शनीको देशभरबाट १० हजार भन्दा बढी व्यवसायीले अवलोकन गर्ने लक्ष्य छ।प्रदर्शनी नेपालस्थित भारतीय राजदूतावाससंगको सहकार्यमा आयोजना हुन लागेको हो।
प्रदर्शनी एशियन इन्स्टिच्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफियर्ससंगको परामर्शमा आयोजना हुन लागेको हो ।जसमा नेपाल निर्माण ब्यवसायी महासंघको सहयोग रहेको छ। भारतीय निर्माण उपकरण निर्माता एसोसिएशन सेक्टर पार्टनरको रूपमा रहेको छ।
प्रदर्शनीले निर्माण ब्यवसायीलाई हाल अन्तर्राष्ट्रिय स्तरमा उपलब्ध उत्कृष्ट उपकरण तथा प्रविधिको जानकारी दिने र निर्माण क्षेत्रको क्षमतामा अभिवृद्धि गर्ने आयोजकको दावी छ।
काठमाडौमा शोमबार आयोजित पत्रकार सम्मेलनमा सीआईआई कन्म्याक २०१८ तथा एमएडब्ल्यू अर्थमुभरका अध्यक्ष विष्णु अग्रवालले विश्वस्तरीय निर्माण उपकरणहरु एकै स्थानमा अवलोकन गर्नका लागि प्रदर्शनी राम्रो प्लेटफर्म रहने बताए।