एसियाली विकास बैंकले ३९ अर्ब ३२ करोड विकास सहायता दिएको छ। सडक र विद्यालय पूर्वाधार निर्माणमा उपयोग गर्नेगरी उक्त सहायता सम्झौतामा आज हस्ताक्षर भएको छ।
अर्थ मन्त्रालयमा आयोजिजत कार्यक्रममा अर्थ सचिव डा राजन खनाल र एडिबीका आवासिय निर्देशक मुख्तोर खामुदखानोभले सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार एडिबीले पूर्व पश्चिम राजमार्गको सिराहको कमला देखि सप्तरीको कन्चनपुरसम्मको ८७ किलोमिटर खण्डमा सडक विस्तारमा १९ अर्ब रुपैयाँ खर्च गर्ने छ।
त्यस्तै प्रकोप प्रतिरोधात्मक विद्यालय भवन निर्माणमा १४ करोड अमेरिकी डलर ऋण र १ करोड ५० लाख अनुदान दिने छ।