धरान प्रज्ञा–प्रतिष्ठानको आयोजना र युवा कला केन्द्र पूर्वान्चलको संयोजनमा “धरान कला प्रदर्शनी २०७५” सोमबारबाट शुरु भएकाे छ।
बिमल स्मृति पुस्तकालय धरान १८ मा सोमबारदेखि ३ दिन सम्म प्रर्दशन गरिने उक्त प्रदर्शनीमा धरानका नया तथा पराना गरी २४ जना चित्रकारहरुको सहभागिता रहेको छ ।
कला र संस्कृतिको जगेर्ना गर्न र चित्रकलाको महत्व आम मानिसलाई बुझाउन चित्रकला प्रर्दशनी गरिएको आयोजकले बताएको छ । प्रदर्शनीमा चित्रकार स्वयम प्रकाश श्रेष्ठ ,लेख मगर ,प्रनोद दत्त ,महेन्द्र राई ,जिवन पौडेल ,युमेनहाङ्ग राई ,भिसन परियार ,धिरज राई ,दिलकृष्ण आले ,शारदा श्रेष्ठ आदि चित्रकारहरुले गत असोज ६ गते धरानको भान’चोकमा कला कार्यशाला मार्पत सिर्जना गरिएका तथा थप चित्रहरु समावेश गरिएका छन् ।
धरान संग सम्बन्धित दृश्य तथा अन्य अर्ध अमूर्तचित्रहरु समावेश गरिएको सोे प्रदर्शनीले धराने कलाकार तथा पूर्व क्षेत्रकै कलाको विकासमा थप टेवा मिलेको छ । युवा कला केन्द्र पुर्वान्चलका अध्यक्ष एवं चित्रकार स्वयम् प्रकाश श्रेष्ठका अनुसार प्रदर्शनी मंसिर ५ गते सम्म रहनेछ ।