नेपाल मेडीसिटी अस्पताल र नेपाल विज्ञापन संघबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार विज्ञापन संघका सदस्यलाई अस्पतालको सेवामा विशेष सहुलियत प्रदान गरिने छ ।सम्झौता पत्रमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र आनका अध्यक्ष रबिन्द्रकुमार रिजालले हस्ताक्षर गरे ।
आनसंग मिलेर देशका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गरिने विषयमा समेत प्रारम्भिक छलफल भएको छ अस्पतालले जनाएको छ।आनका अध्यक्ष रिजालले स्वदेशमै सम्पूर्ण उपचार सम्भव भएकाले सबैले अनिवार्य स्वास्थ्य जाँच गर्न आवश्यक रहेको बताए।