वैदेशिक उत्पादनमाथिकाे निर्भरताकाे चित्र सरकारले उठाउने मूल्य अभिवृद्धि करमा पनि देखिएकाे छ। वस्तु तथा सेवाकाे खरिद विक्रीमा लाग्ने त्यस्ताे करकाे मुख्य स्राेत अायात रहेकाे छ। अर्थात् विदेशमा उत्पादन तथा उत्पत्ति भएर नेपाल अाउने त्यस्ता वस्तु तथा सेवाकाे काराेबार नै भिएटीकाे मुख्य स्राेत बनेकाे हाे।
गएकाे वर्ष सरकारले उठाएकाे कूल भिएटीमध्ये ६३ प्रतिशत अायातमा अाधारित रहेकाे छ। उत्पादनमा कमजाेर र प्रत्येक वर्ष निर्भरता बढ्दै गएकाे अर्थतन्त्रकाे चरित्रकाे चित्रण याे शिर्षककाे करमा पनि भएकाे छ।
सरकारले प्रत्येक वर्षका बजेटमा अान्तरिक उत्पादन बढाउने भनेर उद्देश्य राख्दै अाए पनि अायात बढी रहेकाे छ। जसका कारण हाल अाएर राजस्वकाे मूल स्राेत नै अायात भइरहेकाे छ। गएकाे वर्ष सरकारले कूल उठाएकाे राजस्वकाे ४४ प्रतिशत भन्सार विन्दुमा उठाएकाे थियाे।
करकाे संरचनामा सबैभन्दा तटस्थ भएकाे भन्दै विस २०५४ सालबाट लागू गरिएकाे भिएटीकाे मुख्य स्राेत पनि अायात भएबाट सरकारले चाहेर पनि अायात निरुत्साहित गर्ननसक्ने अवस्थामा पुगेकाे कतिपयकाे बुझाइ छ। स्वदेशी धेरै उत्पादनमा भिएटी छुटकाे प्रावधान हुँदा यस्ताे समिकरण निर्माण भएकाे हुनसक्ने पूर्व अर्थसचिव शान्तराज सुवेदी बताउछन्।
यद्यपी अहिलेकाे अर्थमन्त्री डा युवराज खतिवडलाे सबै प्रकारका भिएटी छुट तथा फिर्ताकाे प्रावधान खारेज गरिदिएका छन्। उनकाे यही नीतिका कारण कतिपय उद्याेगीले अान्दाेलन पनि गरिरहेका छन्।
जति नै प्रयास गर्दा पनि अान्तरिक उत्पादन बढाउन नसक्दा राजस्वकाे मुख्य स्राेत नै अायात भएकाे भएकाे छ। व्यापार र त्यसमा पनि अायात नै अर्थतन्त्रकाे मुख्य हिस्साहुँदा स्वभाविक रूपमा त्यसकाे प्रभाव भिएटीमा देखिएकाे सुवेदीकाे भनाइ छ।
गएकाे वर्ष कूल २ खर्ब ६ अर्ब भिएटी संकलन हुँदा त्यसकाे अाधा भन्दा बढी १ खर्ब ३० अर्ब रुपैयाँ अायातित सामग्रीबाट संकलन भएकाे छ।