नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग र शिखर इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्झौता भएको छ ।
सम्झौतामा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरे।
योजना अन्तर्गत टाटाका जुनसुकै गाडी दुर्घटना भए सिप्रदीका कुनै पनि आधिकारिक सर्भिस सेन्टरबाट मर्मत र बिमा दावी गर्न सकिने कम्पनीले जनाएको छ।
यो योजना नेपालमै पहिलो भएको र ग्राहकलाई छिटो, झन्झटरहित, सुलभ सेवा दिने कम्पनीको दावी छ। आउने दिनमा अन्य बिमा कम्पनीसंग पनि सहकार्य गरी सेवा दिने सिप्रदीले जनाएको छ।