सरकारले करमा सहभागिता बढाउनको लागि अभियान चलाउने भएको छ। सातौ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले देशभर कर सचेताना अभियान संचालन गर्ने भएको छ।
२०५४ सालमा विभिन्न स्थानीय कर खारेज गरेर मूल्य अभिबृद्धि कर लागू गरेको अवसरामा प्रत्येक मंसिर १ गते मनाउँदै आएको कर दिवसको अवसरमा सातादिनसम्म देशभर विभिन्न कार्यक्रम गरिने विभागका महानिर्देशक डा विष्णु नेपालले जानकारी दिए।
‘करः समृद्ध नेपाल सुखी नेपालीको घर’ भन्ने नारासहित निजी क्षेत्र तथा सबै करदाताको सहभागितामा कार्यक्रम गरिने मनाइने उनले बताए।
‘करको बारेमा जानकारी दिएर जाँदा सचेतना बड्छ र सहभागिता बढ्छ भन्ने ध्येयका साथ दिवस मनाईने छ’नेपालले भने।
करको परिपालना बढाएर जानको लागि विभिन्न स्किम ल्याएको बताउँदै उनले सरकारे दिएको समयसीमा दायरामा नआएल विभगले कानूनअनुसार आफ्नो काम गर्ने उनको भनाइ रहेको छ।
आगामी पाँच वर्षमा १२ लाख करदाता थप गर्नेगरी दोस्रोच रणनीतिक योजना ल्याउने तयारीमा रहेको विभागले यो वर्षको असारसम्म कारोबारको विवरण नबुझाएका करदाता पुष मसान्तसम्म बुझाउन आए जरिबाना र ब्याज छुट दिने स्किम विभागले ल्याएको छ।