नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् ।
शरीरमा तातोपानी खनिएर घाईते बेलवारी–४ की सुकमाया राईको उपचारका लागि रकम सहयोग गरेको अस्पतालले जनाएको छ। उपचारका लागि राईलाई राजधानी पुर्याइएको छ ।
ज्यालामजदुरी गर्दै आएकी राईलाई शर्माले घरैमा गएर रकम उपलब्ध गराएका हुन।डा.शर्माले यसअघि स्तन क्यान्सरबाट पीडित ३२ बर्षीया नन्दकुमारी मगरको उपचारका लागि एक लाख सहयोग गरेका थिए ।