मेगा अष्ट्रेलिया शैक्षिक मेला आयोजना हुने भएको छ।
नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको शिक्षा प्रणाली, भिसा प्रकृया र छात्रवृति विषयमा सूचना दिन मेला आयोजना गरिएको आयोजकले जनाएको छ।नोवेम्बर २२ र २३ मा बिहान १० देखि साँझ ५ बजेसम्म होटेल अन्नपूर्णमा मेला आयोजना हुने छ। मेलामा जान कुनै शुल्क तिर्न नपर्ने आयोजकले जनाएको छ।
मेलामा विभिन्न कलेज तथा युनिभर्सिटिका प्रतिनिधिबाट छात्रबृती समबन्धी जानकारी, आयल्समा राम्रोे अंक प्राप्त गर्ने तरिका, करियर काउसिल्लिङको जानकारी गराइने छ।