राजधानीको सफ्टवेरिका कलेज अफ आइटी एन्ड कमर्सले बेलायतको कोभेन्ट्री विश्व विद्यालयको सम्बन्धन पाएको छ।
गार्जियन लिग टेवलमा १३ औं नम्बरमा रहेको कोभेन्ट्री विश्वविद्यालयको सम्बन्धन पछि विद्यर्थीले नेपालमै अन्तर्राष्ट्रिय स्तरको अध्यन गर्न पाउने कलेजको दावी छ।
कलेजले बिएससी कम्प्युटिङ र बिएससी इथिकल ह्याकिङ तथा साइवर सेक्यूरिटीका कोर्ष पढाउने छ।यी दुई कोर्ष २०१९ को फ्रेब्रुअरी देखि सुरु हुने सफ्टवेरिका कलेजका प्रमुख प्रमोद पौडेलले जानकारी दिए।
‘भर्ना अभियान आजैबाट सुरु भइसकेको छ। १२ कक्षा उत्र्तिण भएका विद्यार्थीले यो कोर्ष अध्ययन गर्न पाउछन्’ पौडेलले भने।नेपाललाई प्रविधि अध्यनको दक्षिण एसियाकै हव बनाउने उदेश्य लिएको सफ्टएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले दावी गरे।
‘ नेपालमा मेडिकल शिक्षको लागि भारत, बङ्गलादेश म्यानमार लगायतका देशबाट विद्यार्थी आइरहेका नै छन् त्यस्तै प्रविधि अध्यनको लागि पनि त्यही वातावरण शिर्जना गर्न सकिन्छ’ उनले भने।यस अघि सफ्टवेरिका कलेजले २०१० देखिनै बेलायती डिग्रीलाई नेपालमा अध्यापन गराउदै आइरहेको छ। कलेजले बेलायतको एनसीसी बोर्ड मार्फत अध्यापन गराइरहेको थियो।