नेपालको मुख्य दातृ निकाय वश्व बैंकसँग नेपाल सरकारले १८ अर्ब नेपाली रुपैयाँ बराबरको सहायता सम्झैता गरको छ।
नेपालका पुलको पुलको मर्मत र निर्माण खाद्य सुरक्षाको क्षेत्रमा लगानी गर्ने गरी विश्व बैंकले नेपाललाई उक्त ऋण र सहायता प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।
विश्व बैंकले रोड र पुलका लागि ऋण दिने छ। १३ करोड ३० लाख अमेरिकी डलर रहेको छ।
त्यस्तै, खाद्य सुरक्षाका लागि भने विश्व बैंकले अनुदान दिने छ। जसमा २ करोड २० लाख अमेरिकी डलर रहेको छ।
विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष हर्टविङ सेचफर र अर्थमन्त्री खतिवडाको उपस्थितिमा उक्त सम्झौतामा नेपालका तर्फबाट अर्थ सचिव डा राजन खनाल र विश्व बैंकका तर्फबाट नेपाल भुटान र बंगलादेशका लागि कन्ट्री डाइरेक्टर क्वीमाओ फ्यानले हस्ताक्षर गरेका थिए।
विश्व बैंकको दोस्रो पुल सुधार र मर्मत कार्यक्रममा १३३ मिलियन डलर खर्च हुनेछ। यो ऋणबाट नेपालका ४७७ वटा पुलहरू मर्मत हुनेछन्। रणनीतिक सडकमा रहेका यी पुलको मर्मतबाट सुरक्षित यातायात स्थापित हुने र यसबाट हजारौं जनताले लाभ लिने अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।