मानव पुँजी सुचकमा नेपालले भारतलाई उछिनेको छ। विश्व बैंकले प्रकाशित गरेको उक्त सुचकमा नेपालले भारतलाई उछिनेको हो।
विश्व बैंकले प्रकाशित गरेको उक्त सुचकमा दक्षिण एसियाली मुलुकमा श्रीलंका सबैभन्दा माथि रहेको छ भने नेपाल दोस्रो स्थानमा रहेको छ।
विश्वका १५७ देशमा श्रीलंका ७५ स्थानमा रहेको छ। उसको ‘ह्युमन क्यापिटल भ्यालु ०.५७ रहेको छ। त्यस्तै १०२ अाैं स्थानमा रहेकाे नेपालको ०.४९ रहेको छ।
१०६ औं स्थानमा रहेको बंगलादेशको ०.४७ रहेको छ भने११५ औं स्थानमा रहेको भारतको ०.४४ रहेको छ। माल्दिभ्स र भुटानको तथ्यांक नसमेटिएको यो सुचकमा अफगानस्थान र पाकिस्तानको ०.३९ भ्यालुका साथ १३३ र १३४ औं स्थानमा छन्।
विश्व बैंकले पहिलोपटक निकालेको यो सूचकमा पाँच वर्ष मुनीका बालबालिकको जिवित रहने सम्भाव्यता, विद्यालय भर्नादर, उमेर, सिकाई, सीप, प्रौढ जिवितै रहन सक्ने सम्भाव्यता जस्ता मापन गरिएको छ।