निर्माणाधीन काठमाडौं-निजगढ फास्टट्रयाकमा पर्ने पुलहरू बनाउन सेनाले ५ वटा चाइनिज र एउटा टर्किस कम्पनीलाई ‘सर्टलिष्ट’ गरेको छ।
सेनाले जनाएअनुसार ग्लोबल टेण्डर आह्वान गरेपछि १५ कम्पनीले निवेदन दिएका थिए। १५ बाट ६ वटा कम्पनीलाई ‘सर्टलिष्ट’ गरिएको नेपाली सेनाका प्रवक्ता गोपाल भण्डारीले जानकारी दिए।
उनका अनुसार, चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड, हुनान रोड एण्ड ब्रिज कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेड, चाइना रेल्वे नम्बर २० व्युरो ग्रुप कर्पोरेसन, चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड र लोजियाङ्ग रोड एण्ड ब्रिज कम्पनी लिमिटेड गरी पाँचवटा चिनियाँ कम्पनी ‘सर्टलिष्ट’मा परेका छन्।
त्यस्तै, डोगुस इन्स्याट भे टिक्रेट एएस जेभी नामक टर्किस कम्पनी पनि ‘सर्टलिष्ट’मा परेको छ।
फास्टट्रयाकको डिपिआर बनेपछि आवश्यक निर्माण कम्पनीलाई छनोट गरिने प्रवक्ता भण्डारीले बताए।
कोरियाली कम्पनी सुसुङ्लाई फास्टट्रयाकको डिपिआर निर्माणका गर्न सेनाले दिइसकेको छ।