पोखरा प्रिमियर लिग क्रिकेट प्रतियाेगिताकाे आधिकारिक बैंकिङ पार्टनर नबिल बैंक भएकाे छ।
कात्तिक ८ देखि पाेखरामा आयाेजना हुने उक्त प्रतियाेगितासँग बैंककाे साझेदारीका विषयमा बैंक र लिग आयाेजकबीच सम्झाैता भएकाे हो।
बैंकका प्रमुख कार्यकारी अनिल शाह र आयाेजक क्वेष्ट इभेन्ट म्यानेजमेन्टका निर्देशक छुम्बी लामाले सम्झाैतामा हस्ताक्षर गरेका छन्।
सम्झाैता अनुसार बैंकले लिगलाई आर्थिक तथा प्राविधिक सहयाेग गर्ने छ। तर, सहयाेगकाे रकम भने खुलाइएकाे छैन।
नेपालमा क्रिकेट खेल लाेकप्रिय हुँदै गएकाे र त्यसमा सानाे सहयाेगकाे प्रयास गरेकाे प्रमुख कार्यकारी शाहले बताए।
‘पहिले नबिलले नै थ्रिस्टार फुटबल क्लबलाई स्पाेन्सर गरेकाे थियाे। त्यसपछि सबै क्लबका कर्पाेरेट स्पाेन्सर छन्’, उनले भने,‘क्रिकेट लाेकप्रिय भएकाे छ फेरि नबिलले नै प्रयास गरेकाे छ।’
क्रिकेट खेल वर्षभर हुनकाे लागि कर्पाेरेट सहभागिता चाहिने र त्यसमा नबिलले सुरूवात गरेकाे उनकाे भनाइ छ।
देशभर अन्यत्र हुने इभेन्टमा पनि बैंककाे साथ र सहयाेग रहने उनले जानकारी दिए।
‘हाम्रा प्रत्येक सहरमा ब्रान्च छन्। त्यहीमार्फत् हामीले टिमहरूलाई सहयाेग गरिरहेका छाैं’, उनले भने।
आयाेजक संस्थाका निर्देशक लामाले लिगमा कर्पाेरेट सहभागिताले उत्साहित बनाएकाे जानकारी दिए।
‘कर्पाेरेटकाे सहभागिताविना खेलकुदकाे विकास हुँदैन हामी नबिललाई धन्यवाद दिन चाहन्छौं’, लामाले भने।
क्रिकेट प्रतियाेगितामा कर्पाेरेट क्षेत्रकाे सहभागिताले सुखद भविष्यकाे ढाेका खाेलेकाे राष्ट्रिय टाेलीका कप्तान पारस खड्काले बताए।
‘वित्तीयरूपमा सस्टेन नभइ गेम बलियाे हुँदैन। पाेखरामा छुट्टै माहाेल बनेकाे छ जुन देशभर बन्न अावश्यक छ’,उनले भने,‘नबिल बैंककाे सहभागिता सुखद सुरूवात हाे अरु लगानीकर्ता पनि आउँदै गर्लान्।’