एसीयाली विकास बैंक(एडीबी) ले नेपालका २० नगर पालिकामा खानेपानी आपूर्ति र सरसफाईका लागि १३ करोड अमेरिकी डलर ऋण दिने भएको छ।
बैंकको वार्ड अफ डाइरेक्टरले नेपालका लागि उक्त ऋण प्रस्ताव स्वीकृत गरेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
अव्यवस्थित खानेपानीका कारण वातावरण, जनस्वास्थ्य जस्ता क्षेत्रमा नारात्मक असर परेको र त्यसको न्यूनीकरणका लागि यो स्वच्छ खानेपानी र सरसफाई कार्यक्रमका लागि ऋण दिने निर्णय गरिएको बैंकले जानकारी दिएको छ।
सन् २००० देखि बैंकले विभिन्न ३ परियोजना मार्फत् नेपाका ७० सहरमा खानेपानी आपूर्ति र सरसफाईमा सहयोग पु¥याइरहेको बताएको छ।
यो ऋण सहयोगबाट १६ सय किलोमिटर खानेपानी पाइप मर्मत तथा विस्तार हुने, १५ वटा पानी प्रसोधन प्लान्ट लाग्ने छ। त्यसरी जडान हुने एउटा प्लान्टको क्षमता ६ लाख लिटर हुने छ।
यो आयोजनाबाट ६६ हजार घरधुरी नयाँ खानेपानी पाइपको संजालमा जोडिने छन् भने ६ हजार सौचालय निर्माण हुने छन्। त्यसमा २० वटा सार्वजनिक सौचालय हुने बैंकले जानकारी दिएको छ।